समाचार
परिचय
परिचय: बगनासकाली गाँउपालिका, पाल्पा जिल्ला अन्तरगत तानसेन बजारबाट ७ कि.मि. उत्तरमा रहेको छ । साविकका ९ वटा गाँउविकास समितिहरुलार्इ ९ वटामा समायोजन गरी नेपाल सरकारको मिति २०७३-११-२७ को निणर्य अनुसार यो गाँउपालिका स्थापना भएको हो । जसमा विभिन्न कला, सस्कृति, भाषा, धर्म, जातजातिहरुको समिश्रण रहेको छ । यस गाँउपालिका भित्र धेरै उर्वर कृषि भूमि, सामूदायिक वन क्षेत्र, दुर्लभ वन्यजन्तु र चराचुरुगीहरु रहेको छ । यहाँ कुमाल, बोटे तगायत बाहुन, क्षेत्री, मगर, तथा दलित जातिय बाहुल्यता रहेको छ । यस क्षेत्रले कृषि तथा धार्मिक पर्यटनका माध्यमबाट समाजको परिवर्तन हुनेछ ।
भाैगाेलिक अवस्था :
सिमाना-
पूर्वमा - रम्भा गाँउपालिका
पश्चिममा- तानसेन नगरपालिका
उत्तरमा- कालिगण्डकी नदी
दक्षि०ामा- माथागढी गाँउपालिका
विभाजन-
जिल्ला-पाल्पा कार्यालय- चिर्तुङ्धारा वडा सङ्ख्या- ९
क्षेत्रफल- ८४.१६ बर्ग कि.मि. जनसङ्ख्या -३१३६१ (रा.ज.ग. २०६८)
स्थानिय निकाय निर्वाचन - २०७४/०३/१४ गते
धार्मिक तथा एेतिहासिक पर्यटकिय स्थल-
१. बगनास देविस्थान
२. दर्लम महाकाली
३. महामृत्युन्जय सिवासन क्षेत्र्
४. सुनगुफा रामनदी धाम
५. मालारानी
६. रानीमहल
७. ऋषिकेशेस्वर मन्दिर
साविकका गा.वि.स. र हालकाे वडाहरु:
वार्ड न. १ (साविककाे चिर्तुङ्धारा गा.वि.स.)
वार्ड न. २ (साविककाे पाेखराथाेक गा.वि.स.)
वार्ड न. ३ (साविककाे नायरनमतलेश गा.वि.स.)
वार्ड न. ४ (साविककाे खानिछाप गा.वि.स.)
वार्ड न. ५ (साविककाे दर्लमडाँडा गा.वि.स.)
वार्ड न. ६ (साविककाे यम्धा गा.वि.स.)
वार्ड न. ७ (साविककाे खानीगाँउ गा.वि.स.)
वार्ड न. ८ (साविककाे बराङदी गा.वि.स.काे वाड न. १, ७, ९)
वार्ड न. ९ (साविककाे चापपानी गा.वि.स.)