FAQs Complain Problems

परिचय

बगनासकाली गाउँपालिकाको संक्षिप्त चिनारी

v  पाल्पा जिल्लाका दश वटा स्थानीय तहहरूमध्ये एक सदरमूकाम तानसेनदेखि ७ किलोमिटर उत्तरपूर्वमा गाउँपालिकाको केन्द्र अवस्थित छ ।

v  साविकका नौ वटा गा.वि.स.हरू यस गाउँपालिकामा समेटिएर हाल नौ वटा वडा कायम भएका छन् भने केन्द्र चिर्तुङ्गधारामा रहेके छ ।

v  गाउँपालिकाको नामकरण बगनास पर्वत, बगनासथोक, बगनासदेवी, बगनासे चापी तथा पवित्र कालीगण्डकीको संयोजनबाट भएको हो ।

v  यस गाउँपालिका क्षेत्रमा विभिन्न कला, संस्कृति, भाषा, धर्म, जातजातिहरुको समिश्रण रहेको छ ।

v  आर्थिक समृद्दिका लागि कृषि र धार्मिक पर्यटनका क्षेत्रमा परिवर्तनको प्रसस्त सम्भावना बोकेको छ ।

v  सिमानामा पूर्वः रम्भा गाउँपालिका¸ पश्चिमः तानसेन नगरपालिका¸ उत्तरः कालीगण्डकी नदी तथा दक्षिणः माथागढी गाउँपालिका पर्दछन् ।

v  जनसंख्याः २१,३६१ जना (जनगणना २०६८)¸ २८¸८४९ जना (वास गणना २०७६)¸    क्षेत्रफलः ८४.१६ ब.कि.मि.¸ खेतीयोग्य जमिनः ४५%¸ घरपरिवारः ५,२५२¸ सामुदायिक विध्यालयः ३० वटा (आधारभूत २० र माध्यमिक १०)¸ संस्थागत विध्यालयः ७ वटा¸ स्वास्थ्य संस्थाः ११ वटा¸ वडा कार्यालयः ९ वटा¸ कृषि सेवा केन्द्रः २ वटा¸ पशु सेवा केन्द्रः २ वटा रहेका छन् ।

v  धार्मिक¸ ऐतिहासिक¸ पर्यटकीय तथा महत्त्वपूर्ण स्थल- बगनास देविस्थान¸ दर्लम महाकाली¸ महामृत्युन्जय शिवासन¸ सिद्द गुफा मन्दिर¸ रामनदी (राम्दी) धाम¸ मालारानी¸ रानीमहल क्षेत्र¸ ऋषिकेषेश्वर मन्दिर¸ बौद्द गुम्वा¸ माडी फाँट¸ सिद्दबाबा मन्दिर¸ भगवती मन्दिर¸ शिवालय मन्दिर¸ कालिका मन्दिर¸ चेचीकोट मन्दिर¸ आर्यभञ्ज्याङ्ग¸ चिलाङ्दी भञ्ज्याङ्ग¸ झिरभञ्ज्याङ्ग¸ तिनछाँगा¸ चमेरे गुफा¸ गुडुवाखोला आदि रहेका छन् ।

हालको वडामा समावेश भएका साविकका गा.वि.स.हरु:

      वार्ड नं.  १ (साविकको  चिर्तुङ्धारा गा.वि.स.)

      वार्ड नं.  २ (साविकको  पोखराथोक गा.वि.स.)

      वार्ड नं.  ३ (साविकको  नायरनम्तलेस गा.वि.स.)

      वार्ड नं.  ४ (साविकको  खानिछाप गा.वि.स.)

      वार्ड नं.  ५ (साविकको  दर्लमडाँडा गा.वि.स.)

      वार्ड नं.   ६ (साविकको  यम्धा गा.वि.स.)

      वार्ड नं.  ७ (साविकको खानीगाँउ गा.वि.स.)

      वार्ड नं.  ८ (साविकको  बराङ्दी गा.वि.स.को वाड नं. १, ७ र ९)

      वार्ड नं.  ९ (साविकको चापपानी गा.वि.स.)